उद्यमीहरुलाई सहयोग गर्न नबिल बैंक र उपाय सर्भिसेसबीच सम्झौता

५ बर्ष अगाडि

काठमाडौं - नबिल बैंक र उपाय सर्भिसेसबीच सम्भौता भएको छ । बैंकको ग्राहकहरुको आवश्यकताअनुसार विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमीहरूलाई सहयोग गर्न सम्झौता भएको हो ।

सम्झौतापत्रमा नबिल बैंक, एस.एम.ई तथा लघुबित्त, प्रमुख निरज कुमार बस्नेत ९डनिल० तथा उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका छन्।

यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन्। 

यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया