सवा २ लाखसहित ७ जुवाडे पक्राउ

५ बर्ष अगाडि

दाङमा झण्डै सवा २ लाख रकमसहित सात जना जुवाडेलाइ जुवाको खालबाट दाङ प्रहरिले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले घोराही ९ तेघराबाट २ लाख २० हजार ७ सय रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको जानकारी दिए । एसपी चन्दले गोप्य सूचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको बिशेष टोलीले जुवाडेलाई पक्राउ गरिएको बताए ।

जुवाको खालबाट पक्राउ पर्नेमा घोराही १६ सर्रा बस्ने ३३ वर्षीय धिरण शाह, घोराही ९ का २१ वर्षीय प्रज्वल शाह, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १३ का २० वर्षीय सुनिल पुनमगर, घोराही ७ का २२ वर्षीय पङ्कज पन्त, घोराही ९ का ५४ वर्षीय होमबहादुर केसी, रोल्पा त्रिबेणी गाउँपालिकाका विजय गाहामगर   रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले बताए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया