श्री एयरलाइन्सले पायो काठमाडौँ-सुर्खेत उडानमा लागि अनुमति

५ बर्ष अगाडि

काठमाडौं - काठमाडौँ देखि सुर्खेत परीक्षण उडानमा लागि  निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अनुमति पाएको  छ।  उडानका लागि नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमति पाएको हो  । 

क्यानको अनुमतिपछि श्रीले यसै साता टर्बोप्रोप ‘क्यू ४००’ जहाजमार्फत सुर्खेत परीक्षण उडान गर्ने योजना रहेको बताइएको छ । श्री एअरले अनुमति पापछि कर्णालीबासीले सुर्खेत –काठमाडौं उडानमा सस्तो मुल्यदरमा हवाईयात्रा गर्न बाटो खुलेको छ । 

करिब चार वर्ष अघिबाट व्यावसायिक उडान शुरु गरेको श्री एअरले सिआरजे २०० र सिआरजे ७०० जेट इञ्जिनका साथै दुईवटा क्यु ४०० सिरीजका प्रोपेलर जहाजबाट हवाई सेवा दिँदै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया