ओली पक्ष नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाहाल–नेपाल समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई सम्बोधन गर्दै उनले बिहीबार भएको नेपाल बन्दको क्रममा आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने प्रतिबद्धता जनाए ।
जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको नेकपाले प्राप्त गर्नेछ, यसमा तपाईंहरू दुविधा नराख्नुहोला ।’ सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको पार्टीले पाउने छ ।
आधिकारिक पार्टीको रुपमा सूर्य चिन्ह लिएर आफूहरु ताजा जनादेशका लागि जाने बताए ।
उपप्रधानमन्त्री पोखरेललेयस्तै उनले दाहाल–नेपाल समूहले ५ वर्षका लागि निर्वाचित भएको प्रधानमन्त्री र महाधिवेशनबाट आएको अध्यक्षलाई बीचमै हटाउन खोजेको बताए ।
कम्युनिष्ट पार्टीलाई धरापमा पार्ने चेष्टा गर्न खोजे पनि आफूहरूले त्यस्ता प्रयासलाई सफल हुन नदिने बताए । जस्तोसुकै प्रतिकुलता आए पनि देशमा राजनीतिक स्थायित्वका लागि अडिग रहने तर्क गरे ।
प्रतिक्रिया