काठमाडौं – गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् । एलाइन्सफर फाइनान्सीयल इक्लुजन (एएफआई)ले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“कसैको एक्लो प्रयासबाट मात्रै यो महामारीले निम्त्याएको सङ्कटलाई सम्बोधन गर्न सम्भव छैन । अतः समावेशी र दिगो आर्थिक पुनरुत्थानको निम्ति सरोकारवाला सबै पक्षको पहल आवश्यक छ । सामुहिक समर्पणको भावनाबाट मात्रै त्यो सम्भव देखिन्छ,” उनले बताए ।
यस्तै, कोभिड–१९ द्वारा सिर्जित सङ्कटको नकारात्मक प्रभाव केही समयसम्म देखिन सक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसबाट अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सम्बोधन गर्नका निम्ति प्रभावकारी र व्यावहारिक कार्यदिशा अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
बितेको एक वर्षमा एएफआईको सामुहिक नीति र नियामकीय अभ्यासले कतिपय जोखिमको न्यूनीकरणमा महत्वपूर्ण भूमिका निभाएको उनको धारण थियो । “यो अवधिमा हामीले समाजको सर्वाधिक जोखिममा रहेका वर्गकोसंरक्षणका निम्ति केही प्रयास गरेका छौं । यसलाई अझ प्रभावकारिताका साथ निरन्तरता दिन आवश्यक छ,” उनले बताए ।
उक्त बैठकमा कोभिड महामारी र नेपालको सन्दर्भबारे चर्चा गर्दै गभर्नर अधिकारीले नेपालको पर्यटनसँगै लघु, साना र मझौला उद्यम÷व्यवसाय बढी प्रभावित बनेको धारणा उनले राखेका थिए । यसलाई सम्बोधन गर्न
नियामक निकायको हैसियतमा नेपाल राष्ट्र बैंकले सहजीकरणको निम्ति विभिन्न नीतिगत व्यवस्था अवलम्बन गरेको जानकारी गभर्नर अधिकारीले दिए ।
कोभिडबाट प्रभावित व्यवसायलाई राहत स्वरूप बैंक तथा वित्तीय संस्थामार्पmत पुनरकर्जा सुविधा उपलब्ध राइएको र सो अवधिमा विद्युतीय माध्यममार्पmत हुने भुक्तानी कारोबारलाई प्रबद्र्धन गरिएको उनले उल्लेख गरे ।
सो अवसरमा गभर्नर अधिकारीले समाजका महिला, विपन्न, अदक्ष श्रमिक, लघु तथा साना उद्यमी र त्यहाँ काम गर्ने श्रमिकको आर्थिक तथा सामाजिक उत्थानमा टेवा पुग्नेगरी नीतिगत व्यवस्था अवलम्बन गर्नुपर्ने
आवश्यकतामा जोड दिए । एएफआई सदस्य मुलुकमा अवलम्बन भएका नीतिगत र कार्यगत अभ्यासको अनुभव आदानप्रदानमा उक्त बैठक फलदायी हुने विश्वाससमेत उनले व्यक्त गरे ।
सो अवसरमा एएफआईका कार्यकारी निर्देशक डा. अलफर्ड हानिङले फाइनासीयल इक्लुजन पोलिसी लेसन इमर्जिङ फरम पेन्डामिक बिषयमा मन्तव्य राखेका थिए । त्यस पश्चात् सहभागीहरूबीच विभिन्न विषयमा
छलफल र कार्यक्रमको अन्त्यमा बैठकको समीक्षा भएको थियो ।
छलफल सत्रमा बैठकमा सहभागी अन्य केन्द्रीय बैंकका अधिकारीहरुले पनि आ–आफ्नो मुलुकमा अवलम्बन गरिएका नीतिगत व्यवस्थाबारे जानकारी गराएका थिए ।
बैठकमा एएफआईका सदस्य रहेका केन्द्रीय बैंकका गभर्नर र उच्च अधिकारीहरूसहित ३३ जनाको सहभागिता थियो ।
प्रतिक्रिया