काठमाडौं - कोरोना बिमा बापत ३ अर्ब ५५ करोड बढि भुक्तानी भएको छ । माघ २२ गते विहीबार सम्ममा उक्त सङ्ख्यामा उक्त रकम भुक्तानी भएको हो ।
बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार बिहीबारसम्ममा ३ अर्ब ५५ करोड २९ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको छ।
यस अवधिमा ६५ हजार ५१९ वटा दाबी परेका छन् । यो अवधिमा दाबीका लागि आवश्यक कागजात पुगेका ३६ हजार ५६९ दाबीको भुक्तानी भएको छ ।
ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ३७५ वटा फाइल सम्बन्धित कम्पनीमा नै फिर्ता भएका छन् । आठ हजार ५५४ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।
समितिका अनुसार ९ हजार ८२४ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने एक हजार ९५९ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।
प्रतिक्रिया