काठमाडौं - कोरोना बीमाको दाबी भुक्तानीको दायित्व सरकारमा सरेको छ । कोरोना बीमा मापदण्ड अनुसार निर्जीबन बीमा कम्पनी, पूनर्बीमा कम्पनी र बीमा समितिको दायित्व सकिएसँगै भुक्तानीको दायित्व सरकारसम्म पुगेको हो ।
बीमा समितिको तथ्याकं अनुसार माघ २२ गते सम्ममा कोरोना बीमा वापत ३ अर्ब ५५ करोड २९ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको छ ।
मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनी, पूनर्बीमा कम्पनी र बीमा समितिले आफ्नो भागमा आई पर्ने दाबी भुक्तानीको दायित्व बहन गरिसकेका छन् । यसपछि अबको भुक्तनी दायित्व सरकारमा सरेको हो ।
प्रतिक्रिया