काठमाडौं – चालु आर्थिक वर्षको पुसमसान्तसम्म वाणिज्य बैंकहरुले रु। १ खर्ब ५९ अर्ब ४४ करोड २ लाख बराबरको कुल ब्याज आम्दानी गरेका छन् । बाणिज्य बैंकहरुले हालसम्म प्रवाह गरेको कर्जाबाट सो बराबरको व्याज आम्दानी गरेको हुन् ।
पुससम्म बाणिज्य बैंकहरुले रु। ३२ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस कर्जाको व्याज बापत सो बराबरको रकम आम्दानी भएको हो ।
हाल नेपालमा २७ वाणिज्य बैंक रहेका छन् । उक्त बैंकहरुले चालु आवको दोस्रो त्रैमाससम्म सो बराबरको कुल ब्याज आम्दानी गरेका हुन् । बैंकहरुले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कुल ब्याज आम्दानी गर्न मामलामा २७ वाणिज्य बैंक मध्ये ग्लोबल आईएमी सबैभन्दा अघि देखिएको छ । बैैंकले चालु आवको पुस मसान्तसम्म रु। ११ अर्ब १२ करोड ९८ लाख बराबरको कुल ब्याज आम्दानी गरेको छ । बैंकले पहिलो त्रैमाससम्म रु. ५ अर्ब ८५ करोड ६० लाख बराबरको कुल ब्याज आम्दानी गरेको हो ।
यसैगरी ब्याज आम्दानी गर्न मामलामै दोस्रो स्थानमा भने एनआईसी एसिया बैंक रहेको छ । बैंकले समीक्षा अवधीसम्म रु। १० अर्ब ४९ करोड ३९ लाख बराबरको कुल आम्दानी गरेको छ ।
त्यस्तै, १६ वाणिज्य बैंकले रुं ५ अर्बदेखि रु। ८ अर्ब कम मात्रामा कुल ब्याज आम्दानी गरेको छन् । यसैगरि ९ वाणिज्य बैंकले भने रु। ५ अर्ब भन्दा कम कुल ब्याज आम्दानी गरेका छन् ।
यस्तै, वाणिज्य बैंकहरुको खुद व्याज आम्दानी भने ६२ अर्ब १० करोड ४३ लाख रहेको छन् । नेपालमा रहेका वाणिज्य बैंकहरु मध्ये ग्लोबल आईएमी बैंकले सबैभन्दा बढी रु। ४ अर्ब ७७ करोड १८ लाख बराबरको खुद ब्याज आम्दानी गरेको छ ।
यस्तै समीक्षा अवधीसम्म वाणिज्य बैंकहरुको कुल ब्याज खर्च भने रु। ९७ अर्ब ३३ करोड ३५ लाख रहेको छ । चालु आवको पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरुको कुल ब्याज खर्च रु। ५० अर्ब ५५ करोड ४२ लाख रहेको थियो ।
कुन बैंकको कुल ब्याज आम्दानी कति :
प्रतिक्रिया