काठमाडौं- आघिँखोला लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजानिक गरेको हो । विवरणअनुसार लघुवित्तको खुद नाफा बढेको छ ।
चालु आर्थिक वर्षको पुसमसान्तसम्म लघुवित्तले रु. १ करोड ८० लाख बराबरको खुद नाफा कमाएको छ । गत आवको सोही अवधीको तुलना लघुवित्तको नाफा रु ९१ लाख ५१ हजार अर्थात १०३.२१ प्रतिशतले बढी हो । गत आवको सोही अवधीसम्म लघुवित्तले रु. ८८ लाख ६६ हजार बराबरको खुद नाफा कमाएको थियो ।
यस्तै लघुवित्तले समीक्षा अवधीसम्म रु.३ करोड ४६ लाख बराबरको खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही लघुवित्तले रु.३ करोड २४ लाख बराबरको खुद ब्याज आम्दानी गरेको थियो । गत आवको सोही अवधीको तुलना लघुवित्तको खुद ब्याज आम्दानी रु.२१ लाख ९३ हजार बराबरले बढी हो ।
समीक्षा अवधीसम्म लघुवित्तको चुक्ताँ पुँजी रु १० करोड रहेको छ । सोही अवधीसम्म लघुवित्तको जगेडा कोषमा रु.५ करोड ८७ लाख बराबर रहेको छ ।
लघुवित्तले चालु आवको पुसमसान्तसम्म रु.३३ करोड ३० लाख बराबरको निक्षेप संकलन गरेको छ । गत आवको सोही अवधीसम्म लघुवित्तले रु.२६ करोड ५८ लाख बराबरको निक्षेप संकलन गरेको थियो । यस्तै समीक्षा अवधीसम्म रु. ८९ करोड ५५ लाख बराबरको कर्जा प्रवाह गरेको छ ।
समीक्षा अवधीसम्म लघुवित्तको प्रति शेयर आम्दानी रु ३६.०४ रहेको छ भने प्रति शेयर नेटवर्थ रु १५८.७३, प्रति शेयर कुल सम्पतिको मुल्य रु.९५१.७७ र मुल्य आम्दानी अनुपात १२.९० रहेको छ ।
प्रतिक्रिया