सुर्याेदय लघुवित्तको नाफा बढ्यो, लाभांश क्षमता कति ?

५ बर्ष अगाडि

काठमाडौं – सुर्याेदय लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म ४ करोड ६० लाख ७० हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो ।  गत आवको सोही अवधीमा कम्पनीले २ करोड ७९ लाख ३७ हजार खुद नाफा कमाएको थियो ।


समिक्षा अवधीसम्म कम्पनीले रु. १ अर्ब ३० करोड १८ लाख ७०  हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. ३ अर्ब ३३ लाख ४६ हजार प्रवाह गरेको छ । 

प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा २१ करोड ७३ लाख २९ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. १२ करोड ४ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी रु. २१ करोड ५० लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १६ करोड १५ लाख जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. ४२.८५ रहेको छ । यसैगरि  प्रतिशेयर नेटवर्थ १७५.१३, तरलता अनुपात १५.९१ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १७११.३७ रहेको छ । साथै, मुल्य आम्दानी अनुपात ३२.०९ प्रतिशत रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया