बीमा समितिमा सिलवालले आजदेखि पदभार सम्हाल्ने

५ बर्ष अगाडि

काठमाडौं – बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवालले आजदेखि पदभार सम्हाल्ने भएका छन् । आज दिउँसो १ बजे ललितपुरको कुपण्डोल स्थित बीमा समितिको कार्यलयमा उनको पदभार गर्ने कार्यक्रम पनि रहेको छ । 
यसका लागि उनले हिजो अर्थमन्त्रालयमा पद तथा पद तथा गोपनियताको सपथग्रहण पनि गरिसकेका छन् । 
उनलाई गत सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठले उक्त पदमा नियुक्ती गरेको थियो । आजदेखि लागू हुने गरेरको उनको कार्यकाल ४ बर्षको हुनेछ । उनी समितिको आठौं अध्यक्ष हुन् । 
बिहीबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न उनलाई निर्देशन दिएका छन् । 

अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने पनि बताए । 
यस्तै, अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नु पर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनु पर्ने बताए । 

राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताए । 

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 
उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए । 

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनियताको सपथ गराएका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया