आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नायब कार्यकारी अधिकृत पदमा किरण काफ्ले नियुक्त

५ बर्ष अगाडि

काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब कार्यकारी अधिकृतको पदमा किरण काफ्लेलाई नियुक्ति गरेको छ । 

माघ २२ गते संस्थाले काफ्लेलाई नियुक्ति गरेको हो । उनलाई प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले बनेपा स्थित केन्द्रिय कार्यालयमा स्वागत गर्नु गरेका हुन् ।

काफ्लेले यस अघि २४ वर्ष भन्दा वढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहि कार्य गरिसकेका छन् । उनी यस अघि ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभागीय प्रमुखको रुपमा पनि कार्यरत थिए । 

तानसेन– १, पाल्पा स्थायी ठेगाना भएका काफ्ले वि.स. २०५३ सालदेखि लघुवित्त क्षेत्र कार्यरत छन् ।   उनी विगतदेखि नै समग्र लघुवित्त क्षेत्रको नीति निर्माण तहमा रही कार्य गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया