मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं- मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज (माघ २३) अन्तिम दिन रहेको छ । 

फाइनान्सले प्रति १००० कित्ताका दरले ५ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको छ । उक्त ऋणपत्रको अवधि ८ बर्षको रहेको छ । ९.५ प्रतिशत व्याज ६÷६ महिनामा प्रदान गरिने फाइनान्सले जनाएको छ ।

रु। ५० करोडको ऋणपत्रमध्ये  ३० करोड रुपैंया बराबरको ३ लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट र  २० करोड रुपैंया बराबरको २ लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासन प्रकृयाबाट बिक्री गर्ने फाइनान्सले जनाएको छ ।

ऋणपत्र निष्काशनका लागि फाइनान्सले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । फाइनान्सको ऋणपत्रमा माघ १८ गतेदेखि छिटोमा माघ २१ गते तथा ढिलोमा फागुन २ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर, २१ गतेसम्ममा प्रयाप्त आवेदन नपरेकोले फागुन २ गतेसम्म समय थप गरेको थियो । 

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया