काठमाडौं- एनएमबि बैंक लिमिटेडले शेयरधनीको बैंंक खातामा नगद लाभांश फागुन २५ गतेदेखि जम्मा गरिदिने भएको छ । बैंकले गत पुस २९ गतेको साधारणसभाले पारित गरेको ३.२० प्रतिशत नगद लाभांश शेयरधनीले उपलब्ध गराएको बैंक खातामा जम्मा गरिदिने बताएको छ ।
हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।
साथै, आफ्नो शेयर धितो राखेका शेयरधनीहरुको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा पेश गर्नसमेत अनुरोध गरिएको छ ।
प्रतिक्रिया