महिला लघुवित्तको आईपीओ निष्कासन मिति सर्यो, कहिलेसम्म दिन सकिने आवदेन ?

५ बर्ष अगाडि

काठमाडौं-  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागेको साधारण शेयर (आईपीओ) निष्कासन मिति सरेको छ । 

कम्पनीले यसअघि माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएकोमा उक्त मिति परिवर्तन गरेर माघ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । आज एक सूचना जरी गर्दै कम्पनीले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै कम्पनीलाई मिति परिवर्तन गर्न गत २२ गते पत्रचार गरेको भन्दै माघ ३० गते शुक्रवारबाट आईपीओ जारी गर्ने जानकारी दिएको छ । 

माघ ३० गतेदेखि खुला गरिएको आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा फागुन ४ र ढिलोमा फागुन १४ गतेसम्म रहेको छ । 

कम्पनीले जारी पूँजी रू. १० करोडको ४० प्रतिशतले हुन आउने रकम रू. ४ करोड बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । 

निष्कासन गर्ने कुल शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।


आवेदकआवेदन बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट  दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी रू। ६ करोड रहेको छ, आईपीओ निष्कासनपश्चात उक्त पूँजी रू. १० करोड पुग्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया