ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बिक्रीमा खुला, कहिलेसम्म दिन सकिने आवेदन ?

५ बर्ष अगाडि

काठमाडौं- ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आज (माघ २३) गतेदेखि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानिय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा छिटोमा माघ २७ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा पर्याप्त आवेदन नपरे फागुन ७ गतेसम्म म्याद थप गरिनेछ।


कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ।

कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैया, जारी पूँजी १ अर्ब ८० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। 

सर्वसाधारण तथा कर्मचारीहरुको लागि छुट्ट्याइएको सबै शेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड रुपेयाँ पुग्नेछ।

कम्पनीले दोलखाको खानीखोला, हनापु खोला र नाप्के खोलाको पानीमा रन अफ रिभरमा आधारित ४० मेगावाटको खानीखोला १ जलविद्युत आयोजना निर्माण गर्दैछ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया