'हाम्रो बन्द शान्ति पूर्वक सम्पन्न भए सँगै,नेकपाले आह्वान गरेको बन्द खुलिसकेको छ' : श्रेष्ठ

५ बर्ष अगाडि

 दाहाल–नेपाल नेकपा पक्षले गरेको बन्द खुलेको छ ।विहीबार अपराह्न विज्ञप्ति जारी गर्दै शान्तिर्ण  रुपमा आमहड्तालका कार्यक्रम सम्पन्न भए सँगै  बन्द खुलेको समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए । 

उनले भने, ‘नेकपाले आह्वान गरेको बन्द ५ बजेदेखि खुलिसकेको छ । हाम्रो बन्द शान्ति र सफलतापूर्वक सम्पन्न भएको छ ।’

शान्तिपूर्ण कार्यक्रम गर्दा पनि सरकारले प्रहरी बल प्रयोग गरी सयौं नेता कार्यकर्ता पक्राउ पर्नुका साथै केहीलाई घाइते बनाइएको आरोप लगाएका छन ।

बन्दका क्रममा नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य रामचन्द्र झालगायतका नेताहरू घाइते भएका छन् ।प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाले आमहड्तालका कार्यक्रम घोषणा गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया