प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल कुरा नबुझेर सडकमा हल्लिएको टिप्पणी गरेका छन् ।अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै ओलीले कुरा नबुझ्नेहरू सडकमा हल्लिएका बताएका हुन् ।
ओलीले आफूले घाँस काट्ने, हलो जोत्ने सबै अनुभव लिएको बताउदै भने ‘ठूलो–ठूलो जुरो भएका नेताहरू किसानका कुरा बुझ्दैनन्, तपाईंले बुझेको कुरा नबुझेकाहरू सडकमा हल्लिरहेका छन्,’ ओलीले भने, ‘उहाँहरू प्रतिगमन देखिरहनुभएको छ, प्रतिगमन होइन जागरण भएको छ, किसान आन्दोलनले जागरण ल्याएको छ ।’
संवैधानिक नियुक्तिको विरोधमा प्रचण्ड(नेपाल पक्षले बिहीवार गरेको आमहड्तालको आह्वान लाई संकेत गर्दै ओलीले कटाक्ष गरेका हुन् ।
प्रतिक्रिया