झडपमा प्रहरीको टाउको फुट्यो

५ बर्ष अगाडि

प्रचण्ड–माधव कुमार नेपाल समुहले बिहीबार आह्वान गरेको आमहड्तालमा उल्लघंन गर्न खोज्दा जनकपुरमा झडप  भएको छ। जनकपुरमा  आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । जनकपुरको शिवचोकमा प्रहरीले प्रदर्शनकारीलाई अवरोध गर्न खोज्दा भएको झडपमा दुवैतर्फ घाइते भएका हुन् । 

अन्दोलनकारीतिर नेकपाका नेता रामचन्द्र झा, मातृका यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साह लगायत घायते भएका छन् । नेता झाको टाउको र यादवको खुट्टामा चोट लागेको छ । झडपमा प्रहरी जवान लालबाबु राय गम्भीर घाइते भएका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया