प्रचण्ड माधव समूहका कार्यकर्तले गरे चिया पसल तोडफोड

५ बर्ष अगाडि

विराटनगरमा बन्दको उल्लंघन गरेको भन्दै नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन् । 

बन्दको बेला चिया पसल खोलेको भन्दै  विराटनगर महानगरपालिका–२ स्थित चिया पसलमा तोडफोड गरेका हुन् ।

तोडफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल कराही घोप्टिँदा तातो तेलको छिट्टाले पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी सामान्य घाइते भएका छन् । बबिता ६ महिनाकी सुत्केरी हुन् ।

पूर्वमन्त्री एवं प्रचण्ड नेपाल समूहका नेता शिवकुमार मण्डल नेतृत्वको समूहले उक्त चिया पसल तोडफोड गरेको हो ।  चिया पसल सञ्चालन गर्दा अवरोध नगर्ने बताएपछि आफूले पसल खोलेको पसल सञ्चालक प्रमोदले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया