प्रचण्ड–माधव कुमार नेपाल समुहले बिहीबार आह्वान गरेको आमहड्तालमा उल्लघंन गर्न खोज्दा सिन्धुलीमा झडप भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ६ शान्तिनगरचोकमा प्रचण्ड–माधब समुह र ओली समुहबिच झडप भएको हो ।
आम हड्तालको उल्लंघन गरी केपी ओली समुहका केन्द्रिय सदस्य शान्तिमान कार्की लगायतका नेता कार्यकर्ता मोटरसाइकलमा कमलामाई नगरपालिका ६, २ नम्बर बजार देखी ढुङ्गेबास जाँदै गर्दा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कमलजंग राई लगायतका नेता कार्यकर्ताविच शान्तिनगरमा झडप भएको हो ।
झडपमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गरी कार्वाही गर्न ओली समुहले माग गरेको छ भने भने प्रदर्शनकारी प्रचण्ड–माधव समुहले आफुहरु शान्तिपुर्ण रुपमा आन्दोलन गरिरहेको र वन्द असफल वनाई अराजक गतिविधी गर्नेलाई कार्वाहीको माग गरेको छ ।
झडपबाट थप तनावग्रस्त स्थिति सुजृना हुन नदिन जनपथ सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
प्रतिक्रिया