नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आज देशभर आम हड्ताल गरिरहेको छ। उपत्यकाका भित्री सडकमा बन्दको प्रभाव देखिए पनि बाहिरी सडकमा भने आवागमन खुकुलो देखिन्छ । प्रर्दशनकारी काठमाडौंको कोटेश्वरलगायत क्षेत्रमा जम्मा भएका छन् ।
कोटेश्वरमा भने प्रदर्शनकारी सडकको बिचमा नै खाना बनाउँदैछन्। कोही भात बनाउने तयारीमा देखिन्छन् त कोही तरकारी बनाउने तयारीमा। कतै सडकमा आन्दोलनरत् नेता र कार्यकर्ता मकै, चिउरा खाँदै गरेको देख्न सकिन्छ।
बन्दकर्ताहरुले बिच सडकमा नै खाना बनाउन थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारी बिच केही समय घम्साघम्सी नै परेको थियो।
संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो । साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया