साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने

५ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहका प्रचण्ड–नेपाल ले घोषणा गरेको  आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ ।

संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो । साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उपत्यकाका भित्री सडकमा बन्दको प्रभाव देखिए पनि बाहिरी सडकमा भने आवागमन खुकुलो देखिन्छ । प्रर्दशनकारी काठमाडौंको कोटेश्वरलगायत क्षेत्रमा जम्मा भएका छन् ।आम हड्तालका क्रममा काठमाडौं उपत्यकाबाट प्रचण्ड–नेपाल समूहका   १५० नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया