पाल्पामा पनि देख्यिो हडतालको प्रभाव,चोकचोकमा प्रचण्ड- माधव समूहका कार्यकर्ता

५ बर्ष अगाडि

काठमाडौं- नेकपा प्रचण्ड माधव नेपाल समूहले गरेको देशव्यापी आमहडतालको प्रभाव पाल्पामा पनि देखिएको छ ।  

पाल्पामा लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आएका छैनन् भने उधोग धन्दा कलकारखाना, शैक्षिक संस्था व्यापार व्यवसाय पूर्णरुपमा बन्द रहेका छन् । 

पाल्पामा भएर संचालन हुने सिद्धार्थ राजमार्ग, तानसेन तम्घास सहायक राजमार्गमा एम्वुलेन्स, दूध, पानी, शव बहान, फोहोर फाल्ने सवारी साधन मात्र संचालनमा आएका छन्। सर्वसाधारणका सवारी साधन भने चलेका छैनन् ।  

आमहडताल सफल बनाउन तानसेनका चोकचोकमा नेकपा प्रचण्ड माधव नेपाल समूहका कार्यकर्ताहरु उत्रिएका छन् । आमहडतालको कारण शान्ति सुरक्षामा खलल नहोस् भनी चोक चोकमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरी तैनाथ छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया