काठमाडौं- सानिमा माइ हाइड्रोपावर लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २८ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट आम्दानी ५२ करोड ७६ लाख रुपैयाँबाट बढेर ५४ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९४ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २१ पैसा रहेको छ।
२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ५९ करोड ९ लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया