काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. १७ करोड ८४ लाख १० हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले ११ करोड १८ लाख ९१ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ३ अर्ब ७५ करोड ४६ लाख १७ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. ११ अर्ब १८ करोड ९७ लाख ६२ हजार प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा ८२ करोड ६३ लाख ९५ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ५५ करोड ८३ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. ९८ करोड २५ लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. ७७ करोड ८ लाख जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. ३६.३२ रहेको छ । यसैगरि प्रतिशेयर नेटवर्थ १७८.४६, तरलता अनुपात ८.७१ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १४३४.४९ रहेको छ । साथै, मुल्य आम्दानी अनुपात १८.०९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया