काठमाडौं – आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. ३ करोड ५८ लाख १३ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ७३ करोड २३ लाख ५० हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. १ अर्ब ३ करोड ९६ ८१ हजार प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा ७ करोड ८४ लाख ८५ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. २ करोड ३५ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. ४ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. ९ करोड ६५ लाख जम्मा गरेको छ ।
प्रतिक्रिया