प्रचण्ड–नेपाल समूहका १५० कार्यकर्ता पक्राउ

५ बर्ष अगाडि

आम हड्तालका क्रममा काठमाडौं उपत्यकाबाट प्रचण्ड–नेपाल समूहका   १५० नेता–कार्यकर्ता पक्राउ परेका छन् । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा प्रचण्ड–नेपाल समूहले आज एकदिने आमहड्तालको घोषणा गरेको हो ।

उपत्यकाका भित्री सडकमा बन्दको प्रभाव देखिए पनि बाहिरी सडकमा भने आवागमन खुकुलो देखिन्छ । प्रर्दशनकारी काठमाडौंको कोटेश्वरलगायत क्षेत्रमा जम्मा भएका छन् ।

गृहको निर्देशनअनुसार बन्द गराउँदै हिडेका नेता कार्यकर्तालाई पक्राउ गर्न थालिएको प्रहरीले जनाएको छ ।
आज विहानै कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित  ८ जनालाई पक्राउ गरिएको थियो । 

यता वीरगंजको घण्टाघर र विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने वीरगंजका १९ जना नेकपाका नेताहरु पक्राउ परेका छन्। 

५ बर्ष अगाडि

प्रतिक्रिया