तारागाउँ रिजेन्सी होटलको साधारण सभा फागुन १४ मा,  १० प्रतिशत लाभांश प्रस्ताव

५ बर्ष अगाडि

काठमाडौं- तारागाउँ रिजेन्सी होटलले फागुन १४ गते २४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । होटलले आफ्नो रिजष्टर्ड कार्यालय बौद्ध काठमाडौंमा भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६र७७ मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत (५ प्रतिशत कर कट्टि पश्चात) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

होटलले हाल कायम चुक्ता पूँजी एक अर्ब ८८ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया