मैलुङ खोला जलविद्युतले फागुन १४ गते बोलायो छैठौं र सातौं साधारण सभा

५ बर्ष अगाडि

काठमाडौं- मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले फागुन १४ गते छैठौं र सातौं साधारण सभा बोलाएको छ । 

कम्पनीले लैनचौर व्यांक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ । 

साधारण सभाको प्रस्तावमा आर्थिक वर्ष २०७५र७६ र २०७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीको तर्फबाट चार जना सञ्चालक निर्वाचन गर्ने रहेको छ ।  

कम्पनीले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया