नेरुडे लघुवित्तको साधारणसभा फागुन २२ मा , बोनस प्रस्ताव कति ?

५ बर्ष अगाडि

काठमाडौं-  नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा फागुन २२ गते हुने भएको छ । सभा उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजे हुने भएको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समुहको बैठकले उक्त निर्णय गरेको हो । 

गत आवको मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ०.४२ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै सभाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारणसभा प्रयोजनको लागि फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म शेयरधनी  दर्ता किताब बन्द गरिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया