१ लाख बढि भारतीय नोट सहित १ पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - प्रहरीले स्रोत नखुलेको १ लाख ४ हजार भारतीय नोट सहित एकजनालाई पक्राउ गरेको छ । झापा दमक न।पा। ९ पाडाँजुगी बस्ने ३१ वर्षीय अजय बलकोटिलाई उक्त रकमसहित प्रहरीले पक्राउ गरेको हो । 
 
भारतबाट नेपालतर्फ आउदै गरेका अजयलाई अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया