माघ २३ गते ओली पक्षले काठमाडौंमा गर्न लागेको शक्ति प्रर्दशनमा उपत्यका बाहिरबाट मान्छे आउने वातावरण मिलाउन गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएको छ।
प्रचण्ड–नेपाल पक्षले बिहीबार आमहड्तालको घोषणा गरेलगत्तै गृहमन्त्री रामबहादुर थापा 'बादल'ले सुरक्षा निकायलाई उपत्यका बाहिरबाट मान्छे आउन मिल्ने वातावरण मिलाउन निर्देशन दिएका हुन्।
नेकपा प्रचण्ड–माधव नेपाल पक्षले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबारका लागि आमहड्ताल आह्वान गरे सँगै प्रचण्ड–माधव नेपाल पक्षले आजै देखी जुलुसका कार्यक्रम तय गरेका छन् भने ओली पक्षले मोटरसाईकल र्याली निकालेका छन् ।
प्रतिक्रिया