काठमाडौं - तिनकुने स्थित हरित सामुदायिक कृषि बजारमा माछापुच्छ्रे बैंकले क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।
बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्युआर कोड मार्फत तरकारीको रकम भुक्तानी गरि क्युआर कोड सेवाको सुरुवात गरेका हुन् ।
उक्त क्युआर कोड सेवा सुरु भएसंगै हरित कृषि बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी तथा फलफुलको रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त बजारमा रहेका कुल १५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।
प्रतिक्रिया