नेता अलेक्सी नाभाल्नीलाई साढे तीन वर्ष जेल सजाय

५ बर्ष अगाडि

अदालतले रूसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई साढे तीन वर्ष जेल सजाय सुनाएको छ । राष्ट्रपति भ्लादमिर पुटिनका कडा आलोचक तथा भ्रष्टाचारविरोधी अभियन्ता नाभाल्नीलाई मस्कोको एक अदालतले मंगलबार साढे तीन वर्षको जेल सजाय सुनाएको हो।

उनलाई घरमै नजरबन्दमा राखिएको हुँदा दुई वर्ष आठ महिनामात्रै जेलमा राखिने उनका वकिलले बताए। 

नाभाल्नीलाई जेल सजाय सुनाएपछि उनको रिहाइको माग राख्दै रूसका नागरिकहरूले देशव्यापी रूपमा प्रदर्शन गरेका छन्।

 नाभाल्नीको मुद्दाले पश्चिमी मुलुकहरूसँग रूसको सम्बन्ध थप तनावपूर्ण बनाएको छ। अमेरिकालगायत मुलुकले नाभाल्नीको विषयलाई लिएर रूसमाथि थप प्रतिबन्ध लगाउने विचार गर्दैछन्।

५ बर्ष अगाडि

प्रतिक्रिया