नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई सर्वोच्च अदालतले लिखित जवाफ दिन आदेश दिएको छ । दाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
दाहालविरुद्ध अधिवक्ता समीर हायूले सोमबार निवेदन दर्ता गरेका थिए । मंगलबार नै सुनुवाइ हुने भनिए पनि हेर्न नभ्याइने भन्दै बुधबारका लागि पेसी सरिएको थियो ।
निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।
अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिईसकेको छ ।
प्रतिक्रिया