वाणिज्य बैंकहरुबाट ३२.२३ खर्ब कर्जा प्रवाह, पहिलो नम्बरमा एनआईसी एसिया, कुन बैंकको कति कर्जा प्रवाह ?

५ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक वर्षको पुसमसान्तसम्म वाणिज्य बंैकहरुले रु. ३२ खर्ब २३ अर्ब ३५ करोड ४६ लाख बराबरको कर्जा प्रवाह गरेको छ । 

हाल नेपालमा २७ वाणिज्य बैंक रहेका छन् । उक्त बैंकहरुले पुसमसान्तसम्म सो रकम बराबरको कर्जा प्रवाह गरेका हुन् । बैंकहरुले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण यस्तो देखाएको हो ।

कर्जा प्रवाह गर्न मामलामा २७ वाणिज्य बैैकमा एनआईसी एसिया बैंक पहिलो स्थानमा रहेको छ । बैंकले रु.२ खर्ब ३२ अर्ब ३६ करोड ९२ बराबरको कर्जा प्रवाह गरेको छ । बैकले चालु आवको पहिलो त्रैमाससम्म रु.२ खर्ब ३ अर्ब ४ करोड ९५ लाख बराबरको कर्जा प्रवाह गरेको थियो । 

यस्तै कर्जा प्रवाहको मामलामा दोस्रो स्थानमा ग्लोबल आईएमी बैंक रहेको छ । बैंकले चालु आवको पुसमसान्तसम्म रु २ खर्ब १३ अर्ब ८ करोड ४१ लाख बराबरको कर्जा प्रवाह गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले रु. २ खर्ब ३ अर्ब १ करोड ५५ लाख बराबरको कर्जा प्रवाह गरेको थियो । जुन पुसमसान्तसम्म आउँदा रु.१० अर्ब ६ करोड ८६ लाखले बढी हो ।

यसैगरी, समीक्षा अवधीसम्म १५ वाणिज्य बैंकले रु १ खर्बभन्दा बढी तर २ खर्ब कमको मात्रामा कर्जा प्रवाह गरेका छन् । यसैगरि १० वाणिज्य बैंकको कर्जा प्रवाह १ खर्बभन्दा कम रहेको छ ।

कुन बैंकको कति कर्जा प्रवाह ः


 

५ बर्ष अगाडि

प्रतिक्रिया