काठमाडौं - स्वाभिमान लघुवित्त वित्तीय संस्थाले साधारण सभा आह्वान गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभा फागुन १२ गते बस्ने निर्णय गरेको हो ।
सभाले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । आर्थिक वर्ष २०७६र७७ सम्मको कुल सञ्चित वितरणयोग्य मुनाफाबाट संस्थाको चुक्ता पुँजीको २० प्रतिशत जारी गर्ने संस्थाले जानकारी दिएको छ ।
जसअनुसार बोनस सेयर १ करोड ५३ लाख ४२ हजार ३ सउ ६० रुपैयाँ हुन्छ । त्यसबाहेक ८ लाख ७ हजार चार सय ९२ रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्तावमा उल्लेख छ । यो चुक्ता पुँजीको १.०५ प्रतिशत हो ।
प्रतिक्रिया