काठमाडौं – आज प्रि ओपनिङ सेसनमा प्रभु लाइफको शेयर मुल्य ४६ रुपैयाँले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबारको प्रि ओपनिङमा उक्त कम्पनीको शेयर मुल्य ४.९८ प्रतिशतले बढेको हो ।
हिजो उक्त कम्पनीको शेयर मुल्य ९२४ रुपैयाँ थियो । तर, आज त्यो बढेर ९७० रुपैयाँ पुगेको छ ।
केही समय अघि नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको यस कम्पनीको शेयर मुल्य दैनिक सकरात्मक सर्किट लेभेलमा बढेको छ । आज भने के हुन्छ, त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया