माहुली लघुवित्तको नाफा पनि बढ्यो, लाभांश क्षमता कति ?

५ बर्ष अगाडि

काठमाडौं – माहुली लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. ३ करोड ७२ लाख ८३ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो ।  गत आवको सोही अवधीमा कम्पनीले २ करोड ३ लाख ५ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. १ अर्ब २० करोड ५८ लाख १५ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. २ अर्ब ७५ करोड २७ लाख ८१ हजार प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा १८ करोड ९५ लाख ५७ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ९ करोड ६४ लाख रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. १८ करोड ६६ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. २३ करोड ४१ लाख जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. ३९.९६ रहेको छ । यसैगरि  प्रतिशेयर नेटवर्थ २२५.४६, तरलता अनुपात १५.२६ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १६०६.६० रहेको छ । साथै, मुल्य आम्दानी अनुपात ८५.०९ प्रतिशत रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया