स्वाभिमान लघुवित्तको साधारण सभा फागुन १३ मा, बोनस प्रस्ताव कति ?

५ बर्ष अगाडि

काठमाडौं -  स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १३ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले डार्सिज इन्टरनेशनल होटल, बुटवल, रुपन्देहीमा अपरान्ह ३ बजेका लागि सभा बोलाएको हो । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७६र७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि माघ ३० गतेदेखि बुक क्लोज गर्ने तयारी कम्पनीको छ । माघ २५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया