काठमाडौं - साउदी सरकारले २० देशका नागरिकलाई अनिश्चितकालीन साउदी आगमनमा रोक लगाएको छ । कोरोना भाइरसलाई मध्यनजर गर्दैसाउदीमा केही सातादेखि कोरोना भाइरस संक्रमित संख्या र मृत्युदर संख्या दैनिकी रूपमा बढ्ै गएपछि यसको मध्यनजर गर्दै यस्तो निर्यण गरेको हो ।
सरकारले ३ फेब्रवरी २०२१ देखि अनिश्चितकालीन समयका लागि अर्जेन्टिना, संयुक्त अरब अमीरात, जर्मनी, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, आयरल्यान्ड, इटली, पाकिस्तान, ब्राजिल, पोर्तुगल, युनाइटेड किंगडम, टर्की, दक्षिण अफ्रीका, स्वीडेन, स्विजरल्याण्ड, फ्रान्स, लेबनान, इजिप्ट, भारत र जापान देशका आप्रवासी नागरिकलाई साउदी आगमनमा रोक लगाएको छ ।
सरकारको महानिर्देशनालय जवाजतले साउदीमा कार्यरत अप्रवासीहरू एक्जिट तथा रि(रेन्ट्री भिषामा स्वदेश गएर सो समय अवधिभित्र साउदी अरेबिया फर्कन असफल भएमा पुन साउदी अरेबिया फर्कन ३ वर्षको प्रतिबन्ध लागु हुने नियमसमेत जारी गरेको छ ।
साथै साउदी सरकारले अमेरिकी सेनासँगको संयुक्त सैनिक अभ्यासको तेस्रो चरण सुरू गरेको छ। जसमा अमेरिकी बम बर्षक बिमान बि ५२ का साथ साउदी रोयल फोर्सका जेटहरूको समेत सहभागी रहेको छ ।
प्रतिक्रिया