उपकार लघुवित्तको नाफा ह्वात्तै बढ्यो

५ बर्ष अगाडि

काठमाडौं – उपकार लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. ३ करोड ९३ लाख १० हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो ।  गत आवको सोही अवधीमा कम्पनीले १ करोड ८ लाख १७ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ७३ करोड ८२ लाख ६३ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. १ अर्ब ३९ करोड २२ लाख ३३ हजार प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा ९ करोड ९२ लाख १६ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ६ करोड १६ लाख रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. ४ करोड २० लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १० करोड ८३ लाख जम्मा गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया