काठमाडौं, कालिका लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ४८ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५९.६१ प्रतिशत बढेर १३ करोड ३ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधीसम्म लघुवित्तले ८ करोड १६ लाख रुपैंया बराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
२५ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १७ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। ग
पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी रु २१.८४ रहेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थरु १६१.१० रहेको छ भने मूल्य आम्दानी अनुपात ९१.५८गुणा रहेको छ।
समीक्षा अवधीभर लघुवित्तले १ अर्ब १२ करोड ९६ लाख रुपैंया बराबरको निक्षेप संकलन गरेको छ । यस्तै, लघुवित्तले सोही अवधीसम्म २ अर्ब ६५ करोड ८२ लाख रुपैंया बराबरको कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया