काठमाडौं – गणपति लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. २ करोड ९५ लाख ६३ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले १ करोड ६६ लाख १२ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ३९ करोड ३० लाख ४१ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. १ अर्ब ५४ करोड २२ लाख ५३ हजार प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा ११ करोड २० लाख ४१ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ६ करोड ३६ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १२ करोड ७३ लाख ५६ हजार रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. ४ करोड ४१ लाख जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. ४६.४३ रहेको छ । यसैगरि प्रतिशेयर नेटवर्थ १३४.६६, तरलता अनुपात ६.६२ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १३१६.२२ रहेको छ । साथै, मुल्य आम्दानी अनुपात १९.०१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया