नेपाल बंगलादेश बैंकको डिसी कार्ड योजना

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल बंगलादेश बैंकले डिसी कार्ड योजना सुरु गरेको छ । 

बैंकले विभिन्न पेशामा कार्यरत पेशागत व्यक्तिहरुलाई लक्षित गरी ससाना व्यक्तिगत आवश्यकता परिपुर्ति गर्नका लागि उक्त योजना सुरु गरेको हो ।

बैंकका अनुसार ग्राहहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुविधा पाउने छन् । यस योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तगर्त रही रकम उपयोग गर्न पाउनेछन् ।

यस्तै, ग्राहकहरुले सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया