काठमाडौं- स्वरोजगार लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ५७ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.०४ प्रतिशत बढेर १३ करोड ५७ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने सो अवधिसम्ममा १० करोड ६७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
३६ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १७ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो कोषमा १० करोड रुपैयाँ थियो।
पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ १७ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.७३ गुणा रहेको छ।
समीक्षा अवधीभर लघुवित्तले २ अर्ब २२ करोड रुपैयाँ निक्षेप र १ अर्ब ९६ करोड रुपैयाँ सापटीबाट ४ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ अर्ब ५५ करोड रुपैयाँ सापटी र १ अर्ब ५५ करोड नै निक्षेपबाट ३ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
प्रतिक्रिया