काठमाडौं- मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । फाइनान्सको ऋणपत्रमा अब फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ।
फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री खुला गरिएको हो।
सो ऋणपत्रको अवधि ८ वर्षको रहेको छ। फाइनान्सले वार्षिक ९.५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने जनाएको छ।
ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले फाइनान्सलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएबिएल एस लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया