अरुण काबेली पावरले कमायो  १८ करोडभन्दा बढी नाफा, कति छ प्रतिशेयर आम्दानी ?

५ बर्ष अगाडि

काठमाडौं-  अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको  वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ करोड ९८ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११ करोड ३२ लाख रुपैयाँबाट बढेर ३८ करोड ८५ लाख रुपैयाँ पुगेको छ। 

पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ ३६ पैसा पुगेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.३७ गुणा रहेको छ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको जगेडा कोषमा २ करोड ७३ लाख रुपैयाँ मात्र सञ्चित थियो।

५ बर्ष अगाडि

प्रतिक्रिया