ताप्लेजुङमा आगलागी हुँदा पाँच घर जले

५ बर्ष अगाडि

ताप्लेजुङमा आगलागीबाट पाँचवटा घर जलेका छन् । ताप्लेजुङको  सिरिजंगा गाउँपालिका–१ सिनामको पञ्चमी छेउमा मंगलबार दिउँसो भएको आगलागी बाट पाँचवटा घर जलेका हुन् । 

आगलागी बाट स्थानिय  शान्तिराम गिरी, दिपेन्द्र गिरी, टेकनाथ गिरी र उनका छोरा दिपक गिरी गरी पाँचवटा घर जलेका हुन् । खरमा बच्चाले लाइटर सल्काउँदा आगलागी भएको अनुमान गरिएको छ  । 

 ५० भारी खर राखेको ठाउँबाट सुरु भएको आगो कटेरो हुँदै घरहरुमा सल्किएको र क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया